महिला टी–२० विश्वकप क्रिकेट खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा अष्ट्रेलिया र भारत खेल्ने

 माघ १५, २०७५ मंगलबार १०:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२० मा अष्ट्रेलियामा हुने भएको छ ।

प्रतियोगितामा वरियतामा रहेका शीर्ष १० टिमले प्रतिस्पर्धा गर्ने छन् । २०२० को फेब्रुअरी २१ देखि मार्च ८ सम्म प्रतियोगिता गर्ने प्रतियोगिताको तालिका क्रिकेटको सर्वोच्च निकाय आईसीसीले मंगलबार सार्वजनिक गरेको हो ।

महिला विश्वकपको उद्घाटन खेल सिड्नी र फाइनल खेल मेलर्वनमा हुने छ ।  उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र भारत भिड्ने छन् । समूह ए मा भारत र अष्ट्रेलियासहित न्यूजिल्याण्ड, श्रीलंका सहित एउटा क्वाली फायर खेलेर आउने टिम रहने छ ।

यस्तै समूह बीमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका पाकिस्तान र छनोट हुने दोस्रो टोली समावेश हुने छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया