नेपाल दक्षिण एसियामा तेस्रो धेरै भ्रष्टाचार हुने देश

 माघ १५, २०७५ मंगलबार १२:२६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल, दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको देखाएको हो ।

सीपीआई प्रतिवेदनमा नेपाल पोहोर १ सय २२ औं स्थानमा थियो । नेपाल दक्षिण एसियामा भने बढी भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले जानकारी दिनुभयो । 

दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको  अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । 

अध्यक्ष रेग्मीका अनुसार राजनीतिक कारणले भ्रष्टाचार घट्न नसकेको पाइएको हो । डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने देशको पहिलो सूचीमा परेको छ । ट्रान्सपरेन्सीले १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरेको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Keshar Man Sthapit

    Jan. 29, 2019, 7:45 p.m.

    Loktantra failed to fight corruption in the country. Rather due to corrupted leaders, corruption is rooted / institutionalize in whole development works / project and service oriented public office became more corrupted. Every office rooms (including political leaders) need to be equipped with CCTV and all processes made it public outside the office in one place. So that no one dared to talk / demand corruption and illegal things to do.

  •  0 Reply

तपाईको प्रतिक्रिया