आमिर खानसँग खटपट भएकाे ७ वर्षपछि अचानक किन फोन गरिन् जुही चावलाले ?

 माघ १५, २०७५ मंगलबार १६:११:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री जुही चावला र आमिर खानले एकसाथ कैयौं हिट फिल्मममा काम गरेका छन् ।

फिल्म ‘कयामत से कयामत तक’, ‘हम हे राही प्यार के’, ‘ईश्क’ लगायतका फिल्ममा आमिर र जुहीको जोडी दर्शकले निकै रुचाए । तर आमिर र जुहीले फिल्म ‘इश्क’ पछि भने एकसाथ कुनै पनि फिल्ममा सँगै काम गरेनन् । 

आमिर र जुही कुनै समयमा एकअर्काका निकै मिल्ने साथी थिए तर पछि यि दुवै करीब ६-७ वर्षसम्म बोलेनन् । जुही चावलाले पछि एक अन्तरवार्तामा आमिरसँग के कारणले वर्षौंसम्म बोलिनन् भन्ने कुराको खुलासा गरेकी थिइन् ।

आमिरलाई प्र्याङ्क गर्ने बानी थियो र उनी उनका साथीभाइलाई यही कुराले धेरै सताउने गर्थे । आमिर र जुही त्यसबेला निकै मिल्ने साथी थिए । त्यसबेला आमिरले जुहीसँग एउटा ठट्टा गरेका थिए जुन कुरा जुहीलाई मन परेन । फिल्म ‘इश्क’को सेटमा आमिरले जुहीलाई आफूलाई हात हेरेर भविष्यवाणी गर्न आउने भन्दै जुहीको हात हेरिदिने बताए । 

तर जुहीले आफ्नो हात आमिरलाई हेरिदिनको लागि दिएपछि आमिरले उनको हातमा थुकिदिएका थिए । आमिरको यस दुर्व्यवहारका कारण जुही निकै रिसाइन् । दुवैले फिल्म ‘इश्क’ को छायांकनका क्रममा एकअर्कासँग बोल्नै बन्द गरेका थिए । तर दुवैले फिल्मको छायांकनको काममा भने असर पर्न दिएनन् । 

आमिर खान स्वयमले अभिनेत्री जुही चावलासँग आफ्नो एक बेवकुफीका कारण झगडा परेको बताएका छन् । फिल्म ‘इश्क’ को सेटमा पनि जुही चावला बसेको ठाउँमा आमिर देखा पर्दैनथे भने आमिर जुहीदेखि धेरै टाढा गएर बस्थे । 

तर फिल्मको छायांकनको बेला भने दुवैले एकसाथ आफ्नो शट दिने गरेको उनले बताए । 

यपपछि वर्षाैंसम्म जुहीसँग बोलचाल बन्द भयो । तर जब आमिर खान उनकी पहिलो पत्नी रिनासँग सम्बन्ध विच्छेद गरिरहेका थिए, त्यस बेला जुहीले अचानक आमिरलाई फोन गरिन् । 

आमिरले उनको फोन उठाउने छैनन् भन्ने जुहीलाई थाहा थियो तर पनि उनले फोन गरिन् । आमिरले पनि जुहीको फोन उठाए । जुहीले फोनबाटै पहिलो पत्नी रिनासँग सम्बन्ध विच्छेद गर्न लागेको कुरा सही नभएको भन्दै सम्झाउँदै आफूले आमिरलाई भेट्न चाहेको बताइन् । 

त्यसपछि आमिरले जुहीलाई भेटेका थिए । जुहीले आमिरलाई सम्बन्ध विच्छेद नगर्न भन्दै निकै बेर सम्झाइन् । दुवै जना एकअर्कासँग रहनु नै ठिक रहेको र यो दुवैजनाको लागि सही हुने पनि उनले बताइन् । 

आमिरले जुहीले आफुलाई त्यसबेला सम्बन्ध विच्छेद नगर्न भनेर मनाउने निकै कोशिश गरेको कुरा कहिल्यै नबिर्सने पनि बताएका छन् । 

आमिर खानले टेलिफिल्म ‘रुबरु रोशनी’ निर्माण गरेका छन् । यस फिल्ममा पनि जिन्दगीका दुखहरुसँग संघर्ष गर्दा गर्दै पनि आफ्नो परिवारजनलाई गुमाएपछि, गल्ती गर्नेलाई कसरी माफ गर्न सकिन्छ भन्ने कुरा देखाइएको छ । 

आमिर खानले मानिस रिसको आवेगमा आएर कसैसँग बोल्नै बन्द गर्नु मुर्खता रहेको बताएका छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया