गरिब परिवारकाे पहिचान गरी घर हस्तान्तरण

 माघ १५, २०७५ मंगलबार १७:१८:२० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - सरकारले गरिक परिवारकाे पहिचान गरी घर उपलब्ध गराएकाे छ । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका घर भाेजपुरका १३ गरिब परिवारलाई उपलब्ध गराएकाे हाे । 

भाेजपुरकाे अरुण गाउँपालिकाको वडा नम्बर - ४, ६ र ७ का १३ गरिब परिवारलाई घर हस्तान्तरण गरिएको हो । 

घर पाउनेहरुमा कुमालटारका मनरस कुमाल, याम बहादुर कुमाल, गंगा बहादुर कुमाल, सुनिता माझी, माली बहादुर माझी, बुधे कुमाल र धनबहादुर माझी रहेका छन् ।

यस्तै, माझीटारका पुर्णबहादुर माझी, भीमबहादुर माझी, सुरेन्द्र माझी र पूर्णमाया माझीले पनि घर पाएका छन् । माङदिङकी तीजमाया गन्धर्व र सिम्टारका रणबहादुर विश्वकर्माले पनि घर प्राप्त गरेकाे स्थानीय सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

एउटा घर निर्माण गर्न ३ लाख ३२ हजार खर्च भएकाे जनता आवास निर्माण उपभोक्ता समितिले जनाएको छ । घर पाएपछि कुमाल, माझी लगायतका समुदाय खुशी देखिएका छन् । 

अब छिट्टै अरुण गाउँपालिकाका १३, आम्चोक गाउँपालिकाका २७ र रामप्रसाद राई गाउँपालिकाका १० गरिब परिवारलाई पनि घर हस्तान्तरण गरिने जनता आवास निर्माण उपभोक्ता समितिले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया