यस्तो बन्ने भो धुर्मुस सुन्तलीको किक्रेट मैदान

 माघ १५, २०७५ मंगलबार १९:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल र कुञ्जना घिमिरेले केही नमूना बस्तीहरु बनाएर घरबारविहीन भएकाहरुलाई नयाँ जीवन दिएका छन् ।

सामाजिक कामले सबैको प्रिय बनेको यो जोडी अब अन्र्तराष्ट्रिय किक्रेट मैदानको काममा जुटेको छ । 

समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔँ मिली अन्तराष्ट्रिय रंगशाला भन्ने नाराका साथ धुर्मुस सुन्तली फाउण्डेशन गौतम बुद्ध अन्र्तराष्ट्रिय किक्रेट मैदानको तयारीमा जुटेको छ । 

केही समयदेखि किक्रेट मैदानको स्थान र प्रारुपको काममा सक्रिय रहेका धुर्मुस सुन्तलीले अन्तत: स्थान र प्रारुप सार्वजनिक गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले किक्रेट रंगशालाको प्रारुप सार्वजनिक गर्दै बुधबार यसको आधिकारिक घोषणा गरिने जानकारी दिएका छन् ।

गौतम बुद्ध अन्र्तराष्ट्रिय किक्रेट मैदान नाम राखिएको उक्त क्रिकेट मैदान भरतपुर चितवनमा बनाउन लागिएको छ । देशकै पहिलो अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका सीताराम र कुन्जनाले बुधबार दिउँसो साढे १ बजे राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा यसको आधिकारिक घोषणा गर्दै यस आयाेजनाका बारेमा विस्तृतमा जानकारी दिने भएका छन् । 

नेपाल सरकारले पनि आँट गर्न नसकेको आयाेजना सुरु गरेका धुर्मुस सुन्तली सम्पूर्ण नेपालीहरुको सहयोगले यो आयाेजना पूरा गर्नेमा ढुक्क देखिन्छन् । 

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया