ट्वेन्टी-ट्वेन्टी पुरुष विश्वकप २०२० काे तालिका सार्वजनिक: भारत र पाकिस्तान अलग समूहमा

 माघ १५, २०७५ मंगलबार २०:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

आउँदो वर्ष हुने ट्वेन्टी ट्वेन्टी पुरुष विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । 

अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो । अष्ट्रेलियामा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपको समूह चरणको खेलमा भारत र पाकिस्तानले भने एक अर्कासँग खेल्नु नपर्ने भएकाे छ।

भारत र पाकिस्तान अलग अलग समूहमा परेका कारण उनीहरुलाई एक अर्कासँग खेल्नु नपर्ने भएकाे हाे । आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहेको पाकिस्तान समूह ए मा परेको छ भने दोश्रो स्थानमा रहेको भारत समूह बी मा छ । 

सन् २०११ यता आईसीसीका सबै जसो प्रतियोगितामा भारत र पाकिस्तान समूह चरणमै खेल्दै आएका थिए ।

ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटमा समूह ए मा पाकिस्तानसँगै, आयोजक अष्ट्रेलिया, वेष्ट इण्डिज, न्यूजिल्याण्ड र विश्वकप छनौटबाट आउने दुई टिम रहनेछन् । यस्तै समूह बी मा भारतसगै इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र विश्वकप छनौटबाट आउने दुई टिम रहनेछन्। 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया