चिनिया भन्सारले बुधबारदेखि गाडीमा शिल नलगाउने, २२ दिन कारोबार राेकिने

 माघ १५, २०७५ मंगलबार २०:३२:० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चिनिया भन्सार कार्यालयले बुधबारदेखि गाडीमा शिल नलगाउने भएको छ ।

ल्होसारको पर्वका लागि कर्मचारी घर गएका कारण शिल नलगाइने भएको हो । मंगलबार १ सय वटा गाडीमा शिल लगाइएको छ । शिल लगाइएका गाडी बुधबार नेपाल आउनेछन् ।

नेपाल ल्याउन लागिएको एनसेलको सामग्रीमा भने फेब्रुअरी ६ सम्म शिल लगाइने बताइएको छ ।

स्याउ तथा रेडिमेड सामग्रीको गाडीमा बुधबारदेखि शिल नलगाइने व्यवसायी पुरुषोत्तम पौडेलले बताउनुभयो । ‘मंगलबारसम्म गाडीमा शिल गरिएको छ, उहाँले भन्नुभयो, बुधबारदेखि २२ दिन कारोबार हुँदैन ।’

कारोबार नहुने भएपछि नेपाली व्यापारी तथा व्यावसायी नेपाल आउन थालेका उहाँले बताउनुभयो । जनवरी २९ बुधबारदेखि फेब्रुअरी २० सम्म कारोबार नहुने बताइएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया