यूएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा

 माघ १६, २०७५ बुधबार ७:१३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

कतार एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु टोली यूएईलाई ४–० गोल अन्तरले पराजित गर्दै कतारले एसियन कपको फाइनलमा जापानसँग उपाधि भिडन्त पक्का गरेको हो । 

मंगलबार भएको सेमिफाइनलमा कतारले यूएई विरुद्द पहिलो हाफमा २ तथा दोस्रो हाफमा २ गोल गरेको थियो । २२ औं मिनेटमा बुलिम खुखिले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । 

३७ औँ मिनेटमा एल्मोज अलीले कतारका लागि गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुदेखि नै घरेलु टोली यूएईले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । उल्टै कतारका लागि ८० औं मिनेटमा हसल अल हेदोसले टिमका लागि तेस्रो गोल गरे । 

९१ औं मिनेटमा मोहमद इस्माइल रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि अतिरिक्त समयमा यूएई १० खेलाडीमा सीमित भएको थियो । ९३ औँ मिनेटमा हामिद इस्मेलले कतारका लागि चौथो गोल गर्दै फराकिलो जितका साथ फाइनल स्थान सुरक्षित गराए ।

उपाधिका लागि कतार र जापान शुक्रबार खेल्ने छन् । जापानले पहिलो सेमिफाइनलमा इरानमाथि ३–० को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया