नयाँ प्रशिक्षक आएपछि लगातार जित निकालेको म्यानचेस्टर युनाईटेड बराबरीमा राेकियाे

 माघ १६, २०७५ बुधबार ८:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बर्नले दुई–दुई गोलको बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक आएपछि लगातार जित निकालेको युनाईटेड बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

घरेलु मैदानमा भएको खेलमा युनाईटेडले दुई शून्यले पछि परेको अवस्थामा खेल बराबरी गर्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा बार्नेसले गोल गर्दै बर्नलेलाई अग्रता दिलाए ।

त्यसपछि ८१ औ मिनेटमा उडले टिमको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको युनाईटेडले ५ मिनेटमा दुई गोल फर्काउदै खेल बराबरी गर्‍याे ।

उसले ८७ औं मिनेटमा पउल पोग्वाको पेनाल्टी गोलमार्फत खेल दुई एकमा झार्‍याे भने खेलको इन्जुरी समयमा लिन्डोल्फले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । बराबरीपछि युनाईटेडको २३ खेलबाट ४५ अंक भएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया