नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह

 माघ १६, २०७५ बुधबार ११:३२:५३ | रासस

काठमाण्डौ – सभामुख कृष्णबहादुर महराले साउदी अरेबियामा रहेका नेपालीको सुरक्षामा ध्यान दिन साउदी सरकारलाई आग्रह गर्नुभएको छ । 

साउदीको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन उहाँले साउदी सरकारसँग आग्रह गर्नुभएको हो । 

नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसैद एस अल मारवानीसँगको भेटमा सभामुख महराले यस्तो आग्रह गर्नुभएको हो । भेटमा उहाँले नेपाली कामदारलाई रोजगारीको अवसर जुटाइदिएकामा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । 

भेटमा नेपालको संसदीय परम्परा, सङ्घीय संसद्को संरचना, शासन पद्धतिलगायतको जानकारी दिँदै सभामुख महराले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताउनुभएको थियो । 

साउदी राजदूत मारवानीले आफ्नो कार्यकालमा साउदी–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया