मोहम्मद नाभिदले महेन्द्रनगर युनाइटेडबाट धनगढी प्रिमियर लिग खेल्ने

 माघ १६, २०७५ बुधबार १२:५८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

माघको अन्तिममा हुने धनगढी प्रिमियर लिगमा यूएईका कप्तान मोहम्मद नाभिद महेन्द्रनगर युनाइटेडबाट खेल्ने भएका छन् । नाभिदले पोखरा पल्टनबाट पोखरा प्रिमियर लिग खेलेका थिए भने एभरेष्ट प्रिमियर लिग भने भैरहवा ग्लाडियटर्समा खेलेका थिए । 

पोखरा पल्टनबाट उनले पाँच खेलमा ८३ रन बनाएका थिए । बलिङतर्फ सात विकेट लिएका थिए । एभरेष्ट प्रिमियर लिगमा उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले  खेलमा १२ विकेट लिएका थिए । 

डीपीएलमा भने उनी पहिलो पटक खेल्न लागेका हुन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया