राष्ट्रिय जनगणना - २०७८ को तयारी सुरु

 माघ १६, २०७५ बुधबार १६:५३:५६ | रासस
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनगणना - २०७८ को तयारी सुरु भएको छ । 

यस पटक ७ प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी कसरी गणना कार्य गर्ने भन्ने सम्बन्धमा त्यहाँबाट आएका विचारलाई  मध्यनजर गर्दै अघि बढ्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क परिषद्को ३३ औँ र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसेर यसबारेमा छलफल सुरु गरेकाे विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

योसँगै जनगणना - २०७८ को तयारीका लागि कानुनी आधारको शुरूआत भएको विभागले जनाएको छ । विक्रमा संवत १९६८ देखि सुरु भएको जनगणनाको यो १२ औँ शृङ्खला हो । 

हालसम्म ६ वटा प्रदेशमा छलफल भइसकेको छ । कर्णाली प्रदेशमा भने छलफल कार्यक्रम गर्न बाँकी रहेको विभागले जनाएको छ । तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन स्थानीय तहका वडास्तरसम्म सहकार्य गरिने निर्देशक लामिछानेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया