सोलुखुम्बुकाे सल्लेरीमा मंगलबार ४ वर्षपछि हिमपात, सेताम्य देखियाे सल्लेरी बजार

 माघ १६, २०७५ बुधबार १८:३:३८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा करिब ४ वर्षपछि मंगलबार हिमपात भएको छ ।

जिल्लाको माथिल्लो क्षेत्र सहित आसपासमा हिपात भएपनि सदरमुकाम सल्लेरी बजारमा भने चार वर्षपछि मगंलबार हिमपात भएको हो । लामो समयपछि हिमपात हुँदा जिल्लामा कार्यरत कर्मचारी,स्थानीय तथा पर्यटकहरुसमेत आजसम्म पनि हिउँ खेल्नमा व्यस्त छन् । अहिले पनि सल्लेरी बजार नै हिउँले ढपक्कै ढाकेको छ ।

हिउँ परेपछि स्थानीय तथा सर्वसाधारण हिउँ खेलेर रमाएका थिए । डाँडाकाँडाहरुको हिउँ हेर्दै रमाएका नागरिकहरु हिउँसगै रम्न पाउँदा आफ्नाे खुशीकाे सीमा नरहेकाे सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले बताउनुभयो ।

सोलुखुम्बुलाई कर्मथलो बनाएका विभिन्न निकायका व्यक्तिहरु मंगलबार हिउँमा फोटो खिच्ने र प्रत्यक्ष खेलेर रमाएको दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

हिउँलाई नजिकबाट नियाल्न नपाएका सर्वसाधरणहरु सल्लेरीमा प्रत्यक्ष हिउँसँग रमाउन पाउँदा निकै खुशी भएका छन् । हिउँ परेर चिसो बढे पनि नागरिकहरु भने चिसोको पर्वाह नगरी हिउँमा रमाउन व्यस्त देखिएका छन् ।

कर्मचारीहरुल पनि आफ्नो सामाजिक सञ्जालमा कार्यालय प्राङ्गणमा हिउँ खेलेको दृश्यहरु पोष्ट गरेका छन् । हिमपात भएसँगै यहाँको तापक्रम समेत घटेको छ । 

मंगलबार बिहान सल्लेरीको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस मापन गरिएको सल्लेरीमा रहेको मौसम अवलोकनकर्ता राधा बस्नेतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया