मदनकृष्णले धुर्मुस-सुन्तलीलाई भने: एक पैसा पनि तलमाथि नगर्नू, सबै कलाकारकाे नाक जाेगाउनू

 माघ १६, २०७५ बुधबार २०:५८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस-सुन्तलीलाई सार्वजनिक काम गर्दा एक पैसा पनि तलमाथि नगर्न सुझाव दिनुभएकाे‍ छ ।

श्रेष्ठले बुधबार राष्ट्रिय सभागृहमा हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको फाउन्डेसनले चितवनमा बनाउने गाैतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाकाे पचारिक कार्यक्रममा बाेल्दै यस्ताे सुझाव दिनुभएकाे हाे ।

उहाँले काम गर्दा कद अनुसारकाे मर्यादा जाेगाउनुपर्ने र यसाे गर्न नसके अहिलेसम्म गरेका सबै राम्रा काम पनि ओझेलमा पर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘अब तिमीहरुकाे उचाइ धेरै माथि पुगिसकेकाे छ, पैसा तलमाथि हुनु भनेकाे उचाइबाट खस्नु हाे, सानाे उचाइबाट खस्दा केही हुँदैन, धेरं उचाइबाट खस्याे भने त टाउकाे साउकाे फुट्छ’, श्रेष्ठले यसरी ठट्याैली पारामा गहिकलाे सुझाव दिँदै गर्दा दर्शकदीर्घामा तालीकाे गड्गडाहटसहित हाँसाेसमेत गुञ्जिएकाे  थियाे ।

अगाडि बाेल्दै वरिष्ठ कलाकार श्रेष्ठले धुर्मुस-सुन्तलीले गरेकाे सानाे गलत कामबाट आफूलगायत सम्पूर्ण कलाकारहरुकाे नाक काटिने भएकाले आफूहरुङ्काे नाक जाेगिने गरी काम गरेर देखाउन पनि सुझाव दिनुभयाे ।

उहाँले धुर्मुस-सुन्तलीले अहिलेसम्म गरेका सामाजिक कामकाे प्रशंसा गर्दै आउँदा दिनहरुकाे लागि शुभकामना पनि व्यक्त गर्नुभएकाे थियाे ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया