बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
एक शून्य गोलले पछि परेको स्थितिलाई उल्टाउँदै टोटनह्यामले वाटफोर्डमाथि दुई एक गोलको जित दर्ता गरेको छ ।
यो जितपछि तेस्रो स्थानको टोटनह्यामले शीर्ष स्थानको लिभरपुलसँगको दूरी ७ अंक र दोस्रो स्थानको सिटीसँग २ अंक दूरी झारेको छ ।
पहिलो हाफमा क्रिग क्याथकाटले गोल गरी पाहुना टोली वाटफोर्डलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर टोटनह्यामले दुई गोल फर्कायो ।
एसियन कपमा निराशाजनक प्रदर्शनपछि इंग्ल्याण्ड पुगेका संग ह्युंग मिनले ८० औं मिनेटमा बराबरी गोल गरे । त्यसको ७ मिनेटपछि लोरेन्टेले विजयी गोल गरेपछि टोटनह्यामले निकै महत्वपूर्ण जित हासिल गर्यो।