मौसम : देशभर बदली, पश्चिममा पानी पर्ने सम्भावना

 माघ १७, २०७५ बिहिबार ८:२०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायुका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा अहिले तुवाँलो लागेको छ । तुवाँलोका कारण भिजिविलिटी १५ सय मिटरमा झरेको छ भने बिहीबार बिहानको काठमाण्डौको न्यूनतम तापक्रम  ३ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो काठमाण्डौमा एकैछिन घाम लागेपनि फेरि बद्ली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । उहाँले देशको धेरैजसो ठाउँको मौसम बदली भई पश्चिमका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया