जुम्ली सांकेतिक भाषाको शब्दकोष विमोचन

 असार ६, २०७५ बुधबार १२:४८:४८ | नेत्र शाही

जुम्ला - पहिलो पटक जुम्ली भाषामा लिखित शब्दकोष बुधबार विमोचन भएको छ । 

कर्णाली मावि अनामनगरमा बहिरा स्रोत कक्षामा कार्यरत शिक्षक देवेन्द्र तिमिल्सिनाद्वारा लिखित  ‘जुम्ली सांकेतिक भाषा शब्दकोष’ चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बिमोचन गर्नुभएको हो ।  

कर्णाली माध्यमिक विद्यालयमा १२ वर्षदेखि कार्यरत सांकेतिक भाषाका शिक्षक देवेन्द्र तिमिल्सिनाले बहिराहरुको बोलोचालीमा आधारित जुम्ली भाषालाई पनि सजिलो बनाउने उद्देश्यका साथ दस्तावेजको रुपमा अगाडि ल्याईएको बताउनुभयो । 

उहाँले ६ सय शब्दको संस्कारण भएको भन्दै नेपाली मानांक भाषा भन्दा जुम्ली भाषा अझै बृहत भएको आफ्नो अनुभवले देखाएको बताउनुभयो । 

पुस्तक विमोचन गर्दै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले पुस्तकले खस सभ्यता झल्काउने प्रयास गरेको भन्दै नेपाली भाषाको उदगमस्थल सिंजालाई विश्वविद्यालय स्तरको भाषा अध्ययन केन्द्रको रुपमा स्थापना गरिए मात्र भाषाको उद्गम थलोलाई न्याय हुने बताउनुभयो ।

उहाँले ऐतिहासिक सभ्यता बोकेको सिंजा, चन्दननाथ र राराको सर्किट जोड्ने योजनामा नगरपालिका लाग्ने समेत बताउनुभयो ।

उहाँले रारा र सिंजा जाने पर्यटक अब चन्दननाथ नगरपालिकासँग जोड्न आवश्यक पूर्वाधारहरु तयार गरिने बताउनुभयो । मेयर सेजुवाल मेयर हुनुअघि कर्णाली माध्यामिक विद्यालयको प्रधानाध्यापक समेत हुनुहुन्थ्यो ।

उहाँले आफूलाई यो स्थानसम्म पुरयाउने विद्यालयको चौतर्फी विकासमा जोड दिनुपर्ने बताउनुभयो । 

जुम्लामा संस्कृति, भाषाविद तथा बृहत् जुम्ली शब्दकोषका सम्पादक रमानन्द आचार्यले खस भाषाको प्रेरकको रुपमा लेखक तिमिल्सिना उभिएको भन्दै समालोचन गर्नुभएको थियो ।

उहाँले सांकेतिक भाषा पहिलो स्थानीय ठाउँ  विशेषको बोलिचालीको र अर्को सरकारी कामकाजमा पनि हुने गरेको बताउनुभयो ।

उहाँले नेपालमा  बहिराहरुको सूचनाको अधिकारको रुपमा रहेको सांकेतिक भाषालाई लिपिवद्ध गर्नु प्रभावकारी भएको बताउनुभयो । 

नेपाली अपांगता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपाल र राष्ट्रिय बहिरा महासंघ नेपालले सरकारी तथा सार्वजनिक स्थल तथा निकायहरुमा अनिवार्य रुपमा दोभासे राख्न  लामो समयदेखि पैरवी गर्दै आएको छ । 

नेपालमा सांकेतिक भाषाका ने२०६०, हामी बहिरा लगायतका  प्रकाशनपाली सांकेतिक भाषा शब्दकोष हरु  आएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया