राणा र लोहनी नेतृत्वको राप्रपा पार्टी एकताको समझदारीपत्रमा हस्ताक्षर गर्दै

 माघ १७, २०७५ बिहिबार ११:१८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा राष्ट्रवादीले पार्टी एकताको समझदारीपत्रमा आज हस्ताक्षर गर्ने भएका छन् । 

बिहीबार दुवै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले एकताको प्रस्ताव अनुमोदन गर्ने र बिहीबार नै दुवै पार्टीका अध्यक्षहरुले एकताको समझदारीपत्रमा हस्ताक्षर गर्ने राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

पार्टी एकताको घोषणा भने शुक्रबार गर्ने तयारी छ । नयाँ पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रलाई मुख्य राजनीतिक मुद्दा बनाएर अघि बढ्ने पनि प्रवक्ता गुरुङ्गले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया