सञ्जिव पराजुली र टीका प्रसाईंको 'कर्के नजर' सार्वजनिक

 माघ १७, २०७५ बिहिबार ११:४७:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको नयाँ गीत कर्के नजर सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द रहेको यो गीतमा संगीत तथा एरेञ्ज आशिष अविरलको रहेको छ ।

गीतमा भाइब एण्ड वेब ग्रुपको  प्रस्तुति रहेको छ । राहुल शाह र अलिशा शर्मा अभिनित यस गीतको भिडियोलाई राहुल शाहले नै निर्देशन गरेका हुन् ।

यो गीत गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम सँगसँगै मा समावेश गरिएको छ ।  सञ्जिब र टीकाको यो जोडीले यस अघि नाइँ मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, पहिलो भेटैमा, अलि अलि गर्दैलगायतका गीत गाएर श्रोता दर्शकको मन जित्न सफल भएका छन् ।

यो जोडीले गाएको नाई मलाई थाहा छैन बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया