यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
बाँके – ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य खेलस्थल नेपालगञ्ज रंगशालामा बर्मुडा घाँस(दुबो) लगाउने कार्य सुरु भएको छ ।
भारतको कोलकाताबाट दुबो ल्याएर मैदानमा लगाउन लागिएको हो । यही रंगशालामा प्रतियोगिताको उद्घाटन पनि हुनेछ ।
जमिन सम्याउनेसहित दुबो लगाउने कार्यमा करिब ३६ लाख रुपैयाँ खर्च हुने भएको छ । रंगशालाका लागि ९० हजार स्क्वायर फीट दुबो ल्याइएको र दुबो लगाउने काम गरिरहेको गौतम नर्सरी भक्तपुरका सञ्चालक रविन गौतमले बताउनुभयो ।
एक हप्तामा दुबो लगाउने कार्य सकिने सञ्चालक गौतमले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको उपस्थितिमा रङ्गशालामा दुबो लगाउने कार्य सुरु भएको हो ।
प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनभित्रै सञ्चालन हुने गरी निर्माण कार्यमा तीव्रता भैरहेको बताउनुभयो ।
नेपालगञ्जमा यही माघ २५ देखि फागुन ३ गते सम्म पूर्वनिर्धारित राष्ट्रिय खेलकुद प्रतियोगितामा निर्माण कार्य पूरा नभएका कारण पछि सार्ने राखेपको तयारी छ ।