सन्दीपले लिए पहिलाे विकेट, यूएईविरुद्धकाे पहिलाे टी –२० मा सुखद् सुरुवात

 माघ १७, २०७५ बिहिबार १४:५५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईविरुद्धकाे पहिलाे टी –२० खेलमा नेपालले यूएईकाे पहिलाे विकेट लिएकाे छ ।

स्पिनर सन्दीप लामिछानेले खेलकाे दाेस्राे ओभरकाे पहिलाे बलमै अस्फाक अहमदकाे विकेट लिएका हुन् । उनले  अस्फाकलाई बसन्त रेग्मीकाे हातबाट क्याच आउट गराएका हुन् ।

यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टी–२० खेलमा नेपालले टस जितेर फिल्डिङ राेजेकाे छ । एक दिवसीय सिरिज २–१ ले जितेको नेपालले टी –२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ ।

तीन खेलाडीकाे डेब्यू

नेपाली टिममा आज केही परिवर्तन भएको छ । आज अभिनाष बोहरा, रोहित कुमार पौडेल र सन्दिप जोराले राष्ट्रिय टि–२० टिममा डेब्यू गरेका छन् ।

एक दिवसीय खेलेका विनोद भण्डारी, आरिफ शेख र पवन सर्राफ भने प्लेइङ इलेभेन परेका छैनन् ।

भिम सार्की पनि टिममा पर्न असफल भएका छन् । नेपालको पहिलो एघार यस्तो छ :

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, दिपेन्द्र सिंह ऐरी, राेहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी, सन्दिप जोरा र अविनाश बोहरा

इतिहास रच्ने अर्काे मौका

राम्रो फर्ममा रहेको नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् ।

एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो । तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो ।

गएको वर्ष मार्चमा एक दिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको हो । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया