यस्ताे रह्याे १५ ओभरको खेल: यूएईको ११४ रन, नेपाललाई ४ विकेटको  सफलता

 माघ १७, २०७५ बिहिबार १५:५९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालले अहिलेसम्म चौथो सफलता हात पारेको छ । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले १५ ओभरको खेल सकिँदा ११४ रन बनाएको छ ।

नेपालले दोसो  ओभरको पहिलो बलमा नेपालले विकेट लिएको थियो । नेपाललाई पहिलो सफलता लेग स्पिनर सन्दीप लामिछाने बसन्त रेग्मीको हातबाट अस्फिक अहमदलाई आउट गराएका थिए । 

यसैगरी ४।३ ओभरमा गुलाम सब्बेरलाई सोमपाल कामीले आउट गराएका थिए । नेपाललाई तेस्रो सफलता भने बसन्त रेग्मीले दिलाए । बसन्तले २२ रन बनाएका सिपी रिजवानलाई  आउट गराएका थिए ।

४३ रन बनाउँदा तीन विकेट गुमाएको यूएईका लागि साइमन अनवर र मोहमद उस्मानले ६१ रनको साझेदारी गर्दै टिमको स्कोर माथि उठाएका थिए । तर १३।५ ओभरमा सन्दीप लामिछानेले  ३० रन बनाएर खेलिरहेका उस्मानलाई आउट गराएका थियो । क्रिजमा अहिले साइमान अनवार ४३ तथा मोहमद बोटा ७ रन बनाएर खेलिरहेका छन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया