सन्दीप लामिछानेकाे ४ ओभरकाे स्पेल समग्रमा यस्ताे रह्याे

 माघ १७, २०७५ बिहिबार १६:९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्ध ४ ओभर बलिङ गरेका नेपालका सन्दीप लामिछानेले २ विकेट लिएका छन् ।

दोस्रो ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमै अस्फाक अहमदलाई आउट गराएका थिए । २ रन बनाएका अस्फाकलाई बसन्त रेग्मीको हातबाट आउट गराएका हुन् ।

४ ओभर बलिङ गरेका सन्दीपले दोस्रो विकेट १३.५ ओभरमा विकेट लिन सफल भए । उनले मोहमद उस्मानलाई आउट गर्दै शाइमान अनवरसँगको ६१ रनको साझेदारी तोड्न सफल भए ।

सन्दीपले ३० रन बनाएर खेलिरहेका उस्मानलाई पारस खड्काको हातबाट क्याच गराएका थिए । समग्रमा ४ ओभरमा सन्दीपले २५ रन दिएर २ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Arvind Kumar

    Jan. 31, 2019, 7:09 p.m.

    Hello

  •  0 Reply

तपाईको प्रतिक्रिया