च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डौ – टी–२० सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपाललाई सुरुवातमै झट्का लागेको छ ।
नेपालले पहिलो बलमा नै ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरीलाई गुमाएको हो । प्रदीपलाई यूएईका बलर मोहम्मद नाभीदले एलबीडब्ल्यू आउट गरे ।
टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा रहेको नेपालका लागि अहिले क्रिजमा पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् । ताजा अवस्थामा नेपालले तीन ओभरकाे समाप्तिमा एक विकेटकाे क्षतिमा १६ रन बनाएको छ ।