यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ, तीन विकेट गुमायो

 माघ १७, २०७५ बिहिबार १७:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईविरुद्ध १५४ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । सुरुमै नेपालको ब्याटिङ धर्मराएको छ ।

पहिलो ओभरको पहिलो बलमै प्रदीप ऐरीलाई गुमाएको नेपालका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ३१ रन को साझेदारी गरे । ज्ञानेन्द्र ७ रनमा आउट भए । उनलाई ४.५ ओभरमा सुल्तान अहमदले आउट गरेका हुन् । 

त्यस्तै नेपालको तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । उनलाई अमिर हायातको बलमा सुल्तान अहमदले क्याच गरेका हुन् । ऐरीले मात्र चार रन बनाए ।

क्रिजमा अहिले पारस खड्का र  सन्दीप जोरा रहेका छन् । 

टस हारि पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया