नेपालको ब्याटिङ संकटमा, भरपर्दा ब्याट्सम्यान पारस खड्का पनि आउट

 माघ १७, २०७५ बिहिबार १७:११:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईविरुद्ध १५४ रनको लक्ष्य पछ्याएको नेपालले महत्वपूर्ण विकेटका रुपमा कप्तान पारस खड्कालाई पनि गुमाएको छ ।

योसँगै नेपालले आफ्ना चार महत्वपूर्ण विकेट गुमाएको छ । कप्तान पारस खड्का चौथो विकेटका रुपमा २५ रन बनाउँदै आउट भए । उनलाई जहूर खानको बलमा सुल्तान अहमदले क्याच आउट गरे । पहिलो बलमै प्रदीप ऐरी आउट भएपछि नेपालको इनिङ उकास्ने प्रयास गरिरहेका बेला ७.५ ओभरमा पारस चौथो विकेटको रुपमा आउट भए ।

पहिलो ओभरको पहिलो बलमै प्रदीप ऐरीलाई गुमाएको नेपालका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ३१ रन को साझेदारी गरे । ज्ञानेन्द्र ७ रनमा आउट भए । उनलाई ४.५ ओभरमा सुल्तान अहमदले आउट गरेका हुन् । 

त्यस्तै नेपालको तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । उनलाई अमिर हायातको बलमा सुल्तान अहमदले क्याच गरेका हुन् । ऐरीले मात्र चार रन बनाए ।

क्रिजमा अहिले रोहित पौडेल र  सन्दीप जोरा रहेका छन् । ताजा अवस्थामा नेपालले ९ ओभरकाे समाप्तिमा ४ विकेट गुमाएर ५५ रन बनाएको छ ।

टस हारी पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया