जथाभावी लेखा परीक्षण गर्नेमाथि कडा कारबाही गर्ने आईक्यानको चेतावनी

 माघ १७, २०७५ बिहिबार १७:३७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ । 

आईक्यानका कार्यकारी निर्देशक संजयकुमार सिन्हाले जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको हो । बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालगञ्ज, धनगढीलगायतका ठाउँमा गैरकानुनी ढंगले लेखा परीक्षणको काम गरिएको पाइएको उल्लेख गर्दै अनुगमनको काम सुरु गरिएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले लेखा परीक्षणको कामलाई विश्वसनीय बनाउन आफूहरु लागि परेको बताउनुभयो । उहाँले सरकार र महालेखा परीक्षकको कार्यालयले पनि लेखा परीक्षणको कामलाई अझै पारदर्शी बनाउन पहल गर्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

आईक्यानले लेखा परीक्षणको कामलाई अझै पारदर्शी बनाउन सबै लेखा परीक्षकहरुलाई कोड नम्बर वितरण गर्ने योजना पनि अघि सारेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया