कांग्रेस सभापति देउवाले डा. केसीलाई भेटे

 माघ १७, २०७५ बिहिबार १८:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ । 

बिहीबार अपरान्ह डा. केसीलाई भेट गरी उहाँले जीवन रक्षाका लागि तत्काल पहल गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गर्नु भएको हो । सभापति देउवाले डा. केसीको माग सम्बोधन गराउन सरकारलाई दबाब दिन आफ्नो पार्टीले देशभर विरोध प्रर्दशन गर्ने निर्णय लिएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले वार्ता गरी डा. केसीको माग सम्बोधन गर्न ढिलाई गर्न नहुने सभापति देउवाको भनाई छ ।

सभापति देउवाले आफ्नो पार्टीले डा. केसीको मागमा राजनीतिकरण गर्न नचाहेको पनि स्पष्ट पार्नुभयो ।

सभापति देउवाले आफू प्रधानमन्त्री भएका बेला डा. केसीसँग सहमति गरेर संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गर्न आफ्नो पार्टीले सरकारलाई दबाब दिएको पनि बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया