सन्दीप जोरा बने अन्तरराष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी

 माघ १७, २०७५ बिहिबार १८:५४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका सन्दीप जोरा अन्तरराष्ट्रिय टी २० प्रतियोगिताको अर्धशतक बनाउने विश्वकै सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् ।

आजकाे खेलमा  अर्धशतक बनाउँदा उनकाे उमेर १७ वर्ष १ सय ३ दिन भएकाे छ ।

बिहीबार यूएईविरुद्धको पहिलो टी २० डेब्यू गरेका जोराले ४६ बलमा नट आउट ५३ रन जोडेका थिए । ५३ रन जोड्ने क्रममा उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए ।

खेल सकिनेबित्तिकै अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले ट्वीट गर्दै सन्दीप जोरा अन्तरराष्ट्रिय टी २० प्रतियोगिताको अर्धशतक बनाउने विश्वकै सर्वाधिक कम उमेरका खेलाडी बनेकाे बताएकाे थियाे ।

यसअघिको रेकर्ड क्यानडाका हिरल पटेलको नाउँमा थियो । उनले आयरल्याण्डविरुद्ध सन २०१० मा अर्धशतक बनाएका थिए । त्यतिबेला उनको उमेर १८ वर्ष १७७ दिनका थिए ।

यसअघि, एक दिवसीय सिरिजकाे तेस्राे खेलमा नेपालका राेहित पाैडेलले सर्वाधिक कम उमेरमा एक दिवसीय अर्धशतक बनाउने सचिन तेन्दुलकर र शाहीद अफ्रिदिकाे रेकर्ड भंग गरेका थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया