जिरोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

 माघ १८, २०७५ शुक्रबार ७:२३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

करिम बेन्जेमाले २ गोल गरेपछि जिरोनालाई समग्रमा ७–३ गोलअन्तरले पराजित गरी रियल मड्रिड स्पेनिस नकआउट प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको पहिलो लेग ४–२ गोलअन्तरले जितेको रियलले जिरोनाको घरेलु मैदानमा २७ औं मिनेटमा बेन्जेमाको गोलमार्फत अग्रता बनाएको थियो ।

पहिलो हाफको दुई मिनेटअघि उनले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले दोहोरो अग्रता बनायो ।

पेड्रो पोर्रोले ७१औं मिनेटमा गोल गरेर जिरोनालाई खेलमा फर्काउने प्रयास गरे । तर मार्कोर लोरेन्टेले करिब २५ यार्डबाट गोल गरी रियललाई ३–१ को जित सुनिश्चित गराए ।

रियल मड्रिडले सन् २०१४ यता कोपा डेल रेको उपाधि जित्न सकेको छैन । ३१ वर्षीय बेन्जेमा रियल मड्रिडको इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा छैटौं स्थानमा पुगेका छन् ।

सन् २००९ मा ल्योनबाट ३० मिलियन पाउण्डमा अनुबन्ध भएयता उनले रियलका लागि ४४६ खेलमा २०९ गोल गरेका छन् । क्रिष्टियानो रोनाल्डो रियलका सर्वाधिक गोलकर्ता हुन् । उनले ४५१ गोल गरेका छन् ।

बार्सिलोन, भ्यालेन्सिया र रियल बेटिस यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । फेब्रुअरीमा हुने दुई लेग सेमिफाइनलको ड्र शुक्रबार हुनेछ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया