इन्टर मिलानलाई पेनाल्टीमा हराउँदै लाजियो कोपा इटलियाको सेमिफाइनलमा

 माघ १८, २०७५ शुक्रबार ७:३८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै लाजियो इटलीको नकआउट फुटबल प्रतियोगिता कोपा इटलियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा गोलरहित बराबरी भए पनि अतिरिक्त समयमै लाजियोले अग्रता लिएको थियो ।

१०८औं मिनेटमा किरो इम्मोबिलले लाजियोलाई अग्रता दिलाएका थिए । अतिरिक्तको अन्तिम मिनेटमा इकार्डीको पेनाल्टी गोलमार्फत इन्टर मिलानले खेल बराबरीमा ल्याएको थियो ।

पेनाल्टीमा भने इन्टरका २ खेलाडी चुक्न पुगे । मार्सेलो बोरोभिच, इकार्डी र सेड्रिक सोरेसले गोल गर्दा लोउटारो मार्टिनेज र राद्जा नायनगोलान भने चुक्न पुगे ।

विजयी लाजियोका लागि इम्मोबाइल, मार्को पारोलो, फ्रान्सिस्को असेर्बी र लुकार लेइभाले गोल गर्दा रिजा दुर्मिसी चुकेका थिए ।

यसपटक कोपा इटलियाको क्वार्टरफाइनलमा अप्रत्यासित नतिजाहरु देखिए । उपाधि दावेदारहरु नापोली, रोमा र युभेन्टस यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया