साेमपालले लिए अर्काे विकेट: यूएई दबाबमा

 माघ १८, २०७५ शुक्रबार १५:१:२५ | उज्यालो सहकर्मी

यूएईविरुद्धकाे टी-२० सिरिजकाे दाेस्राे खेलमा साेमपाल कामीले दाेस्राे विकेट लिएका छन् ।

कामीले खेलकाे तेस्राे ओभरकाे तेस्राे बलमा गुलाम शब्बरलाई कीपरकाे हातबाट क्याच आउट गराएका हुुन् । खेलकाे पहिलाे ओभरकाे छैटाैँ बलमा अस्फाक अहमद क्याच आउट भएका थिए।

यसअघि, घरेलु टाेली यूएईले टस जितेर ब्याटिङ राेजेकाे छ ।

बिहीबार भएकाे सिरिजकाे पहिलाे खेलमा यूएई  टस हारेर ब्याटिङ गर्ने माैका पाएकाे थियाे । त्यसै माैकाकाे सदुपयाेग गर्दै बनाएकाे १५३ रन नेपाललाई परािजत गर्न  सकेकाे थियाे ।

आजकाे खेलमा पनि राम्राे स्काेर गरेर नेपाललाई लक्ष्य पछ्याउन दिने निर्णय यूएईले गरेकाे छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया