रोेहित शेट्टीको ‘सूर्यवंशी’ मा अक्षयको जोडी बन्दैछिन् सोनम कपूर

 माघ १८, २०७५ शुक्रबार १६:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म निर्देशक रोहित शेट्टीले फिल्म ‘सिम्बा’ को सफलतापछि उनको अर्को फिल्म ‘सूर्यवंशी’ निर्माण गर्ने घोषणा गरिसकेका छन् । 

फिल्म ‘सूर्यवंशी’ मा मुख्य अभिनेताको रुपमा अक्षय कुमार अनुबन्धित भइसकेका छन् । साथै अहिले सार्बजनिक खबरहरुका अनुसार यस फिल्मकी मुख्य अभिनेत्रीको रुपमा सोनम कपूर रहने बताइएको छ । यस अनुसार अक्षय कुमार र सोनम कपूरको जोडीलाई दर्शकले यस पटक फेरि हेर्न पाउनेछन् । 

अक्षय कुमार र सोनम कपूर यसअघि सन् २०१८ मा फिल्म ‘प्याडम्यान’मा एकसाथ काम गरिसकेका छन् । खबरहरुका अनुसार फिल्म ‘सूर्यवंशी’ को छायांकनको सुरुवात २०१९ को अप्रिल महिनाबाट सुरु गरिनेछ भने यसै वर्षको अन्त्यमा फिल्मको प्रदर्शन गरिनेछ । 

अभिनेता अक्षय कुमार यस फिल्ममा वीर सूर्यवंशी नामका प्रहरी अधिकृतको भूमिकामा देखिनेछन् । फिल्म ‘सूर्यवंशी’ तमिल फिल्मको रिमेक रहेको बताइएको थियो तर फिल्मका निर्देशक रोहित शेट्टीले यस खबरको खण्डन गरेका छन् । 

रोहितले फिल्म ‘सूर्यवंशी’ कुनै पनि फिल्मको कथा र विषय वस्तुबाट लिइएको नभइ नयाँ विषयवस्तुमा आधारित रहेको बताएका छन् ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया