सलमान खानलाई बलिउडमा स्थापित गर्नमा ज्याकी श्रफको महत्वपूर्ण भूमिका

 माघ १८, २०७५ शुक्रबार १७:४४:१० | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता ज्याकी श्राफको आज ६२औँ जन्मदिन हो । ज्याकी श्रफले बलिउड फिल्म उद्योगमा कैयौँ सुपरहिट फिल्ममा काम गरिसकेका छन्  ।

फिल्म ‘हिरो, त्रिदेव, राम लखन, कर्मा जस्ता सुपहहिट फिल्ममा काम गरिसकेका ज्याकी श्राफले बलिउडमा पाइला राखेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनको पहिलो फिल्म ‘हिरो’ को सफलतासँगै उनले छोटो समयमै दर्शकको मन जित्न सफल भए । आज पनि ज्याकीको मिलनसार व्यवहारका कारण बलिउडका अधिकांश कलाकारहरुसँग उनको सुमधुर सम्बन्ध रहेको छ ।

साथै ज्याकी श्रफ ती अभिनेता हुन् जसले अहिले बलिउडका सुल्तानको रुपमा पहिचान बनाएका सलमान खानलाई पहिलो ब्रेक दिएका थिए । यस कुराको खुलासा कोही अरुले कसैले नभै स्वयम् ज्याकी श्राफले एक अन्तरवार्ताका क्रममा भनेका थिए । ज्याकीले सलमानलाई उनको बाल्यकालदेखि नै चिनेको र अहिले बलिउड उद्योगमा सलमानले प्राप्त गरेको सफलतादेखि निकै खुशी रहेको बताएका थिए । ज्याकीले सलमान खानले उनको पहिलो फिल्म ‘बीबी हो तो ऐसी’ आफ्ना कारण पाएको बताएका थिए । 

यही कारण अभिनेता सलमान खान ज्याकी श्रफको निकै सम्मान गर्छन् । साथै छिट्टै नै सलमान खान र ज्याकी श्राफ फिल्म ‘भारत’ मा एकसाथ देखिनेछन् । खबरहरुका अनुसार ‘भारत’ मा ज्याकी श्रफ सलमान खानका पिताको भूमिकामा देखिनेछन् । 

ज्याकी श्रफको जन्मदिनको अवसरमा उनका छोरा टाइगर श्राफ, अभिनेत्री अनन्या पाण्डे, पूजा भट्टलगायत बलिउडका अन्य कलाकारले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका छन् ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया