साप्ताहिक शेयर समीक्षा: बेमौसममा पनि बजारमा उत्साह नरहेकाे गुनासाे कायमै

 माघ १८, २०७५ शुक्रबार २०:१:४ | ज्याेति दाहाल
unn.prixa.net

शेयरबजारमा उत्साह आएन, बजार बढेन, सरकारले केही गरेन भन्ने चर्चा अझ पनि चलेको देखिन्छ र सुनिन्छ । 

चालु आर्थिक वर्षको पनि अर्धवार्षिक सकिएसँगै साधारणसभा पनि सकिएको छ । लिने खाने (लाभांश) पनि लिइसकिएको छ  । अब लिन र खानको लागि पूरै एक वर्ष कुर्नुपर्छ । यस्तो अवस्थामा बजारमा उत्साह खोज्नु त्यति सान्दर्भिक प्रश्न बन्न सक्दैन । 

जुनसुकै कुराको पनि समयसीमा हुन्छ । ४ बजेको समयमा घाम चर्किएन भने जस्तै गुनासो अहिले शेयरबजारमा देखिएको छ । बजार बढ्ने भनेको नेपालको सन्दर्भमा सामान्यतया चैत्र मसान्तदेखि सुरु हुन्छ र यो क्रम श्रावण लागेर साधारणसभाको लागि बुक क्लोज नहुँदासम्म कायम रहन्छ । 

शेयरबजारको सन्दर्भमा पौष मसान्त पछिको समय बेमौसम हो । बेमौसममा पनि बजार बढेको देख्न खोज्नु साउनमा आँखा फुटेको गोरु जस्तै हो भन्दा अत्युक्ति हुन्न । दोस्रो त्रैमासिक प्रतिवेदन आइसकेको सन्दर्भमा यतिखेर लगानीकर्ताले वित्तीय प्रतिवेदनको सुक्ष्म अध्ययन गरी अर्को वर्षको लागि लगानी रणनीति बनाउने हो र आफूसँग भएको रकम समुचित लगानी गर्ने अवसर हो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये आजसम्ममा १७ वटाले दोस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकाशित वित्तीय विवरण हेर्दा सबैले उत्साहित पार्ने किसिमले नाफा आर्जन गरेको देख्न सकिन्छ ।

त्यस्तै अन्य कम्पनीको पनि वित्तीय प्रतिवेदन सन्तोषजनक देखिएको छ । तर लगानी गर्नेले आफ्नो लगानी क्षमतालाई आँकलन गरेर लगानी गर्दा त्यसको सुनिश्चित लाभ पाउन सकिन्छ ।

साधारणसभा गर्नुपर्ने अवधि सकिए पनि अझसम्म असूचिकृत राष्ट्रिय वाणिज्य बैंकसहित१० वटा वाणिज्य बैंकले साधारणसभाको मिति समेत घोषणा गरेका छैनन् । यसमा लगानीकर्ताको रोजाइमा पर्ने नबिल बैंक समेत रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्श, कुमारी र सिभिल बैंकले आर्थिक वर्ष २०७३र७४ देखिको साधारणसभा गरेका छैनन् । यस बाहेक अन्य बैंकको भने आर्थिक वर्ष २०७४र७५ को हो । धितोपत्रदर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसूची १६ को २३अनुसार पौष मसान्तभित्र साधारणसभा सम्पन्न हुन नसकेमा के कारणले हुन सकेन त्यसको बारेमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

यस बाहेक अन्य क्षेत्रका सुचिकृत कम्पनीले पनि साधारणसभा गर्न बाँकी रहेको छ । विकास बैंक समुहका पनि १३ वटाले वार्षिक सभा आव्हान गरेका छैनन् । विमा समूहका २५ वटा कम्पनीले पनि सभा आव्हान गरेका छैनन् । नेप्सेमा सुचिकृत कम्पनीलाई  नेप्सेले विभिन्न ११ समूहमा विभाजन गरेको छ । यी मध्ये वाणिज्य बैंक तुलनात्मक रुपमा सुशासन भएको कम्पनी मानिन्छ ।

शेयरबजारमा करका विषयलाई लिएर बेला बेलामा हल्ला फैलाउने कार्य पनि हुनेगरेको छ । गत वर्षसम्म मूल्य अभिवृद्धि कर लगाउने विषयले बजारलाई तताउने गरिरेह्कोका अर्थमन्त्री डा। युवराज खतिवडाले यसलाई सदाको लागि समाप्त पारिदिएपछि यो विषय समाप्त भयो ।

अहिले स्थायी लेखा नम्बर ९प्यान० अर्को विषय बनेको छ । शेयर कारोबारमा प्यान लगाउने कि नलगाउने भन्ने बिषय भन्दा पनि लिन कति समय लाग्ने भन्ने निरर्थक विषय अहिले चर्चामा रहेको छ । प्यान किन र के का लागि लगाउने भन्ने कुनै आधार र कारण बताइएको छैन तर यसको भित्रि अन्तर्य भने अर्कै हुनसक्ने अनुमान गरिएको छ । 

कहिलेदेखि लगाउने भन्ने विषयमा विषयमा नेप्से धितोपत्र बोर्ड थप अधययन गर्न सहमत भएका छन्  

सूचक र बजार पूँजीकरण

यस हप्ता बजार पुरै ५ दिन खुलेको थियो । यस साता कारोबार मापन गर्ने नेप्से परिसूचक अधिकतम ११६४।८९ न्यूनतम, ११६०।५९ र बन्द हुँदा ११६१।६३  कायम भएको छ । गत हप्ता नेप्से सूचक ११७२।७८ मा बन्द भएको थियो ।

यस हप्ता बजार पूँजीकरण १४ खर्ब १७ अर्ब २१ करोड ६० लाख कायम भएको छ । गत हप्ता १४ खर्व ३० अर्व, ८० करोड ८२ लाख कायम भएको थियो । अघिल्लो हप्ताको तुलनामा यस हप्ता बजार पूँजीकरण शून्य दशमलव ९५ प्रतिशतले घटेको छ ।

सूचीकरण 

यस हप्ताको सूचीकरण यसप्रकार रहेका छन् । 

नयाँ शेयर।हकप्रद

जारी भईरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ । मेरो माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद बिक्री गर्नको लागि माघ २४ गते बुक क्लोज घोषणा गरेको छ । त्यस्तै नेपाल इन्सुरेन्सले पनि हकप्रद विक्री प्रयोजनका लागि माघ २७ गते बुक क्लोज गर्ने भएको छ ।

लाभांश घोषणा

नेप्सेमा सूचिकृत लाभांश घोषणा गर्ने क्रम सकिन लागेको छ । तर विमा कम्पनीले भने अगिल्लो आर्थिक वर्ष २०७४र७४ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह

विकास बैंक समूह

लघुवित्त समूह

वित्तजलविद्युतहोटेल र व्यापार 

बीमा समूह

साधारणसभा र बुक क्लोज

कम्पनीहरुले लाभांश घोषणा संगसंगै साधारणसभा समेत शुरु गर्न थालेका छन् । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।

निर्वाचन नियुक्ति, राजीनामा

चौतारी लघुवित्तले लेखनाथ पाण्डेलाई संस्थापक समूहबाट बाँकी अवधिको लागि संचालक मनोनयन गरेको छ । राष्ट्रिय विमा कम्पनीमा थानप्रसाद पंगेनीलाइ संचालक मनोनयन गरेको छ । स्ट्याण्डर्ड चार्टड बैंकमा सर्वसाधारण तर्फबाट भरत कुँवर निर्वाचित भएका छन । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालमा बाँकि अवधिको लागि हेमन्त भार्गवलाई संचालक मनोनयन गरेको छ । त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद दासलाई नियुक्त गरेको छ । 

अन्य गतिविधि

मेरो माइक्रोफ़ाइनान्सलाइ शतप्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको छ । त्यस्तै नेपाल इन्सुरेन्सलाइ पनि ६५ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको छ । 

जानकी फाइनान्स, रिडी हाइड्रोपावर, हाम्रो विकास बैंक र निर्धन उत्थान लघुवित्तले बोनस शेयर दर्ता गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया