विद्यार्थीले खाजा खर्च कटाएर दुई हात र एक खुट्टा गुमाएका कृष्णलाई सहयोग गरे

 माघ १९, २०७५ शनिबार ६:२०:५५ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – विद्युत विस्तारको क्रममा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका रुकुमको सानीभेरी गाउँपालिका निवासी २१ वर्षीय कृष्ण वलीलाई दाङका विद्यार्थीले सहयोग गरेका छन् ।

दाङको तुलसीपुर बजारमा रहेको तुलसी आवासीय विद्यालयका विद्यार्थीहरुले खाजाखर्च कटाएर संकलन गरेको ६३ हजार तीन सय ७० रुपैयाँ सहयोग गरेका हुन् ।

कक्षा पाँचसम्म त्यसै विद्यालयमा अध्ययन गरेका वलीलाई विद्याथीहरुले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको रकम वलीकी आमालाई शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी हस्तान्तरण गरेका हुन् । 

गएको जेठ २५ गते विद्युत लाइन विस्तार गर्ने क्रममा दाङको तुलसीपुर–१३, मा करेन्ट लाग्दा वलीले एउटा खुट्टा र दुवै हात गुमाएका थिए ।

कसले जोडिदेला कृष्णको दुई हात र एक खुट्टा ?

अन्तिम अपडेट: चैत १२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया