मोरक्कोसँगको खेलमा चौथो मिनेटमै रोनाल्डोले गरे गोल

 असार ६, २०७५ बुधबार १७:५५:४४ | उज्यालो सहकर्मी

विश्वकप फुटबल २०१८ अन्तरगत मोरक्कोसँगको खेलमा पोर्चुगलले अग्रता लिएको छ । पोर्चुगलको लागि खेलको चौथो मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोले कर्नरमा उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् ।

पहिलो खेलमा मोरक्को इरानसँग हारेको थियो भने पोर्चुगलले स्पेनसँग ३– ३ को बराबरी खेलेको थियो । स्पेनसँगको खेलमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया