डोटीमा जीप दुर्घटना :  एक जनाको ज्यान गयो, दुई घाइते

 माघ १९, २०७५ शनिबार ९:५२:५९ | विमल बिष्ट

डोटी – अत्तरिया–स्याउले जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने डोटीको जोरायल गाउँपालिका–२, रुपसकाँडामा शुक्रबार राति १२ बजे लु १ च २५०८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले दिनुभएको जानकारीअनुसार जीप दुघटनामा परि भारतको बरेली घर भएका अन्दाजी अमेर ४०/४१ का बब्लुको मृत्यु भएको हो । 

त्यस्तै दुर्घटनामा परि डोटीको केआई सिंह गाउँपालिका–५, रानागाउँ बस्ने वर्ष १९ का  शंकर राणा र जीप चालक  सुवास प्रजापति घाइते भएका छन् । 

घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइएको प्रहरीले जनाएको छ । 

मृतकको शव जीप भित्र नै च्यापिएकाले प्रहरी तथा स्थानस्यको सहयोगमा निकाल्ने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख थापाले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया