व्यक्तिगत रिस इवीका कारण हत्या

 माघ १९, २०७५ शनिबार १४:१८:३० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिकामा व्यक्तिगत रिस इवीका कारण एक जनाको हत्या भएको छ । 

खाँदबारी नगरपालिका–६ तल्लो पाङठा जलजलेटोल बस्ने ५० वर्षीय नरबहादुर भण्डारीले केही समय अगाडिको व्यक्तिगत रिसको कारणले त्यसै वडा बस्ने ४४ वर्षीय बमबहादुर न्यौपानेलाई बाँसको आग्लोले पटक–पटक टाउकोमा प्रहार गरी कर्तव्य गरी ज्यान लिएको संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताउनुभयो । 

उहाँका अनुसार, शुक्रबार राति साढे ८ बजेतिर कारणले भण्डारीले न्यौपानेलाई कुटपिट गरेका थिए । कुटपिटबाट टाउकोमा गहिरो चोट लागेका न्यौपानेको मृत्यू भएको हो ।

भण्डारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ  । त्यस्तै न्यौपानेको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको प्रनि पण्डितले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब डेढ घण्टाको दूरीमा पर्दछ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया