ल्होछारमा स्थानीय तहले बिदा दिने

 माघ १९, २०७५ शनिबार १५:३५:४१ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – तामाङ समुदायको सांस्कृतिक पर्व ड्वा ल्हो सोनाम ल्होछारका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछार मान्न यही माघ २२ र २३ गते सार्वजनिक बिदा दिइएको बताउनुभयो । 

उहाँका अनुसार गाउँपालिकामा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ । गाउँपालिकाले तामाङ समुदायको पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धनको सबैको रहेकाले  १७ गतेको बैठकले यही माघ २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

दुई दिन गाउँपालिका भित्र रहेका सरकारी कार्यालयहरु, विद्यालयहरु, बैंक, वित्तीय संस्था लगाएतका सबै निकायलाई ३ दिनको बिदा दिईएको गाँउपालिकाले जानकारी दिएको छ । 
 
 

अन्तिम अपडेट: चैत २, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया