मदन भण्डारी गोल्डकप: मनाङलाई हराउँदै आर्मीले उचाल्याे उपाधि

 माघ १९, २०७५ शनिबार २०:२१:४१ | सुमन पुरी
unn.prixa.net

सुनसरी - इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

गएकाे वर्ष थ्रीस्टारसँग फाइनलमा हारेको आर्मीले यसपाला १६ लाख रुपैयाँसँगै ट्रफी उचालेको छ । आर्मीले लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई दुई शून्यले हरायो ।

१० खेलाडीमा सिमित  मनाङले  आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । आर्मीका लागि खेलको छैटौ मिनेटमा टंक बस्नेतको गोल गरे । उनले कर्नरबाट आएको बललाई डीबक्स बाहिरबाट गोल गरे ।

७ वटा पहेँलाे कार्ड देखाइएको खेलको पहिलो हाफमा आर्मी हावी भयो  । दोस्रो हाफमा पनि मनाङ खेलमा फर्कन सकेन  । दोस्रो हाफको २५ औ मिनेटमा मनाङलाई पुन झड्का लाग्यो ।

मनाङका स्ट्राइकर आफिज ओलाओलेले डीबक्सभित्र आर्मीका किपर बिकेश कुथुलाई फल गरेपछि उनले रेड कार्ड पाए । खेलको को अन्तिम मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै आर्मीको जित पक्का गरे ।

खवासले मैदानको दाहिने कुनामा पाएको वान भर्सेस वानको अवसरमा गरेको प्रहार मनाङका किपर विशाल श्रेष्ठले रोक्न सकेनन् । प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेत भए । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया