सरकार विकासको ट्रयाक खोल्दै छ : अर्थमन्त्री खतिवडा

 माघ १९, २०७५ शनिबार १९:५४:६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – अर्थमन्त्री युवराज खतिवडाले अब देशमा विकासको ट्रयाक खुल्ने बताउनु भएकाे छ ।

गुल्मीमा आयाेजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्ताे बताउनुभएकाे हाे ।

विकासको बाटोमा अघि बढ्न कुनै पनि शंका नगर्न आग्रह गर्दे उहाँले नेपाली सेनाले कालीगण्डकी करिडोरको ट्रयाक खोलेजस्तै वर्तमान सरकारले पनि देशको समृद्धि र विकासको लागि ट्रयाक खुलाइरहेको बताउनुभयो ।

बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने भन्ने उखान जस्तै सरकारले राम्रै काम गरिहेको अवस्थामा बजारमा मिठो चामल पनि नबिकिराखेको उहाँको तर्क थियो ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगै कालीगण्डकी करिडोर अन्तरगत बाग्लुङ्ग सडकखण्डको मालढुंगामा नेपाली सेनाले १० मिटर चौडा पार्न लागेको सडकको शुभारम्भपछि गुल्मीको रुरुक्षेत्र अन्तरगत शनिबार रिडीमा स्थानीय तहका सरोकारवालाहरुसँग आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले यो कुरा बताउनुभएको हो । 

उहाँले सरकारले आगामी पाँच वर्षभित्रमा चुनावी घोषणपत्रमा उल्लेख गरेका सबै कुरा पूरा गर्ने र अर्को चुनावमा भोट माग्न जाँदा शिर ठाडो पारेर जानेगरी काम गर्न लागेको पनि बताउनुभयो । 

यस्तै आर्थिक अनुशासनविना आर्थिक स्रोत संकलन र वितरण गर्ने क्षमता नहुने भन्दै खतिवडाले सरकार त्यो क्षमता विकासमा लागेको र सामाजिक सुरक्षा भत्ता बढेन भनेर अहिले नै नआत्तिन समेत आग्रह गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया