इंग्ल्याण्डविरुद्ध वेस्ट इण्डिज १० विकेटले विजयी

 माघ २०, २०७५ आइतबार ७:३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

दोस्रो टेष्टमा पनि इंग्ल्याण्डको शीघ्र विकेट पतन नरोकिएपछि वेष्ट इण्डिज १० विकेटले विजयी भएको छ । यो जितसँगै वेष्ट इण्डिजले सिरिजको एक खेल अगावै जित हासिल गरेको छ ।

पहिलो इनिंगमा ३०६ रन बनाएर वेष्ट इण्डिजले ११९ रनको अग्रता बनाएको थियो । सर भिभियन रिचर्डस रंगशाला एन्टिगुवामा केमर रोच र जेसन होल्डरले समान चार विकेट लिए पनि इंग्ल्याण्डको पारी धराशायी बनेको हो ।

मात्र १४ रनको लक्ष्य वेष्ट इण्डिजले बिना क्षति पूरा गर्यो । जोन क्याम्पबेलले छक्का प्रहार गर्दै टिमलाई तेस्रो दिन नै जित दिलाए ।

वेष्ट इण्डिजले सन् २००९ पछि पहिलो पटक इंग्ल्याण्डविरुद्धको सिरीज जितेको हो । घरेलु मैदानमा उसले बंगलादेश र जिम्बाबेबाहेक अन्य टिमलाई सन् २०१२ यता पहिलो पटक सिरीजमा हराएको हो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया