इटालियन सिरी ए : पार्मासँग बराबरीमा रोकियो युभेन्टस

 माघ २०, २०७५ आइतबार ७:१२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

आर्सनलका पूर्व स्ट्राइकर गार्भिन्होले अन्त्यतिर दुई गोल गरेपछि इटलियन सिरी ए मा मिड टेवलमा रहेको पार्माले लिग लिडर युभेन्टसलाई उसकै मैदानमा ३–३ गोलको बराबरीमा रोकेको छ ।

डिफ्लेक्टेड शटमार्फत क्रिष्टियानो रोनाल्डोले ३६औं मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका थिए । बाँकी सबै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ६२ देखि ६६ मिनेटको बीचमा ३ गोल भए । रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्नुअघि युभेन्टसका ड्यानिएल रुगानीले भली गोल गरे भने पार्माका लागि एन्टोनियो बारिल्लाले हेडमार्फत गोल फर्काएका थिए ।

गार्भिन्होले ७४ औं मिनेटमा पहिलो गोल गरी खेल ३–२ को अवस्थामा ल्याए । एक्लो प्रयासमा खेलको इन्ज्यूरी समयमा गरेको गोलले युभेन्टसलाई बराबरीमा रोक्यो ।

बराबरी पछि पनि शीर्ष स्थानमा युभेन्टसको ९ अंकको अग्रता छ । २२ खेलबाट उसको ६० अंक छ भने नापोलीको ५१ अंक छ । नापोलीले शनिबार साम्पदारियालाई ३–० गोलले पराजित गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया