बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकियो

 माघ २०, २०७५ आइतबार ७:३०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले दुई गोलले पछि परेको अवस्थामा खेल बराबरी गर्न सफल भयो । 

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना विरुद्ध पाहुना टिम भ्यालेन्सियाले खेलको २४ औं मिनेटमा केभिन गामिरोको गोलमार्फत खेलमा अग्रता बनायो । ३२ औं मिनेटमा भ्यालेन्सियाले पाएको पेनाल्टीलाई डानी पारीजोले गोल गर्न गर्दै अन्तर दुई शून्यमा पुर्‍याए ।

तर ३९ औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । जसलाई लियोनल मेसीले गोलमा परिणत गर्दै अन्तर दुई एकमा पुर्‍याए । यो सिजनमा मेसीको २८ औं गोल हो भने बार्सिलोनाबाट पेनाल्टीबाट गोल गरेको ३८ औं पटक हो ।

पहिलो हाफमा एक गोलले पछि परेको बार्सिलोनाका लागि फेरी पनि मेसीले ६२ औं मिनेटमा गोल गर्दै खेल बराबरी गर्न सफल भए । बराबरीपछि बार्सिलोनाले २२ खेलबाट ५० अंक बनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया