चेल्सीको शानदार जित

 माघ २०, २०७५ आइतबार ७:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सीले हर्डल्सफिल्ड विरुद्ध प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले हर्डल्सफिल्ड विरुद्ध ५ शून्यको जित निकाल्यो । उसको जितमा पहिलो खेल खेलेका गोञ्जालो हिगुइन र इडेन हाजार्डले दुई गोल गरे ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हर्डल्सफिल्ड विरुद्ध खेलको १६ औं मिनेटमा गोञ्जालो हिगुइनले पहिलो गोल गरे ।

यसै महिना सिरी ए क्लब युभेन्टसबाट प्रिमियर लिगमा आएका हिगुइनले पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको अन्तिम तिर चेल्सीले पाएको पेनाल्टीलाई इडेन हाजार्डले गोल गर्दै अग्रता दुई शून्यमा पुर्‍यायाे ।

पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा दुई गोल थप्यो । ६६ औं मिनेटमा फेरि इडेन हाजार्डले टिमका लागि गोल गरे ।

त्यसको तीन मिनेटपछि फेरि चेल्सीले चौथो गोल गर्‍याे । जसमा हिगुइनले ब्यक्तिगत दोस्रो तथा टिमकालागि चौथो गोल गरे । त्यसपछि ८६ औं मिनेटमा डेविड लुइजले गोल गर्दै टिमको अग्रता ५ शुन्यमा पुर्‍यायाे ।

जितपछि चेल्सीले ५० अंक बनाउँदे लिगको चौथो स्थानमा उक्लिएको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया