नेपाल–यूएई टी २० : नेपाललाई अर्को इतिहास रच्ने अवसर

 माघ २०, २०७५ आइतबार ८:३०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

टी–२० सिरीज जित्नका लागि नेपालले आइतबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरीज आफ्नो पक्षमा पारिसकेको छ । 

टी–२० सिरिज १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरीज बराबरी बनाएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा आइतबार दिउँसो पौने तीन बजे हुने खेल नेपालले जित्नसके पहिलो टी–२० अन्तर्राष्ट्रिय उपाधि जित्ने छ । नेपालले यही मैदानमा एक दिवसीय सिरीज जितेको थियो । 

नेपालले टी–२० सिरिज पनि जितेर इतिहास बनाउने लक्ष्य रहेको छ भने यूएई घरमै एक दिवसीय सिरीज गुमाएको पीडा बिर्सिएर टी–२० सिरीज जोगाउने लक्ष्यमा छ ।

नेपाली टिममा अहिले युवा खेलाडीहरुको वर्चश्व रहेको छ । यूएई भ्रमणमा अनुभवी खेलाडीको प्रदर्शनबाट उत्साहित हुने ठाउँ छैन ।

त्यसैगरी नेपालले ओपनिङ र विकेट किपिङमा अपेक्षाकृत सफलता हात पारेको छैन । तर पनि युवा खेलाडीहरुले डेब्यू खेलमा नै राम्रो प्रदर्शन गरेका छन् । ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र सन्दीप जोराले आफूलाई उत्कृष्ट युवा ब्याट्सम्यान प्रमाणित गरिसकेका छन् । रोहितले कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड बनाएका छन् भने जोराले टी–२० मा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरिसकेका छन् । 

टी–२० सिरीजमा ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसेके पनि मध्यक्रमका ब्याट्सम्यानका तथा बलरहरुको प्रदर्शन उत्कृष्ट हुँदै आइरहेको छ । टी–२० सिरिजमा नेपालले यूएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरीजमा पनि जित हुनेछ । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Prachandr

    Feb. 3, 2019, 8:48 a.m.

    Best of luck Nepali Cricket Team

  •  0 Reply

तपाईको प्रतिक्रिया