जर्मन बुन्डेस लिगा : बराबरीमा राेकियाे बोरुसिया डर्टमन्ड, बायर्न म्युनिख पराजित

 माघ २०, २०७५ आइतबार ८:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बोरुसिया डर्टमन्ड इन्ट्राच्ट फ्रयांकफर्टसँग बराबरी खेलेको छ । यस्तै अर्को खेलमा दोस्रो स्थानको बायर्न म्युनिख भने बायर लिभरकुसेनसँग तीन एकले पराजित भएको छ । 

फ्रांकफर्टमा भएको खेलमा बोरुसियाले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २२ औं मिनेटमा मार्कुस रिउसको गोलमा बोरुसियाले अग्रता बनाएको थियो । तर ३६ औं मिनेटमा जोभिकले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्यायो ।

अर्को खेलमा बायर्नले पनि लिभरकुसेनसँग एक गोलको अग्रता जोगाउन सकेन । खेलको ४१ औं मिनेटमा गोरज्काले गोल गर्दै बार्यनलाई अग्रता दिलाए । तर ५३ औं मिनेटमा लियोन बेलीले लिभरकुसेनलाई बराबरीमा पुर्याए । त्यसपछि ६३ औं मिनेटमा लिभरकुसेनका भालान्डले गोल गरेपछि बार्यन स्तब्ध बनायो ।

त्यसपछि खेलको अन्त्यतिर एलारियोले बायरका लागि तेस्रो गोल गरे । त्यसपछि पनि बायर्न खेलमा फर्कन निकै प्रयास गरे पनि सफल हुन सकेन । यो सिजनमा चौथो खेलमा हार ब्यहोरेको बायर्नले शीर्ष स्थानको बोरुसियासँग दूरी कम गर्ने मौका गुमायो । बायर्नकाे ४२ अंक छ भने शीर्ष स्थानको बोरुसियाको ४९ अंक भएको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया