आजदेखि उपसचिव तहका कर्मचारी समायोजनको काम सुरु गरिने

 माघ २०, २०७५ आइतबार ९:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आइतबारदेखि उपसचिव तहका कर्मचारीको समायोजनको काम सुरु गर्ने भएको छ । सरकारले संघ प्रदेश र स्थानीय तहमा समायोजन हुने दुई हजार उपसचिवलाई आइतबारदेखि समायोजन पत्र दिने भएको हो । 

आइतबारदेखि कर्मचारीले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । 

संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघ अन्तरर्गतका विभिन्न कार्यालयमा खटाउनेछ । प्रदेशमा समायोजन भएकाहरु भने सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुनेछन् । भने स्थानीय तहमा जाने कर्मचारीलाई पनि त्यही अनुसारको ब्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । 

यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ । सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गएको पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया