एभरेष्ट सुगर मिलका मजदूरहरुले अनसन तोडे

 माघ २०, २०७५ आइतबार १०:३२:७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – उद्योग व्यवस्थापन पक्षले सहमति जनाएपछि महोत्तरीको एभरेष्ट सुगर मिलमा आमरण अनसनमा बसेका मजदूरहरुले अनसन तोडेका छन् ।

शनिबार उद्योगको प्रशासन कार्यालयमा बसेको मजदूर र उद्योग व्यवस्थापनपक्षसँग ६ बुँदे सहमति भएपछि १० जना मजदुरहरुले सामूहिक रुपमा अनसन तोडेका हुन् ।

उद्योगका कार्यकारी संचालक सुरेश सर्राफको हातबाट जुस खाएर शनिबार राति उनीहरुले अनसन तोडेका हुन् ।

वार्तामा सहभागी भएकार मजदूर नेता दशरथ महतोले दिएको जानकारी अनुसार आफूहरुले राखेको ६ वटै मागमा उद्योग पक्षले सहमति जनाएपछि अनसन तोडिएको हो । उद्योग व्यवस्थापनपक्षले तत्कालै विशेष भता उपलब्ध गराइने, दैनिक ज्यालादारीलाई पनि क्रमिक रुपमा स्थायी प्रक्रियामा लैजाने, पाँचौ तहदेखि उच्च पदमा कार्यरत मजदूरहरुको हकमा उद्योग व्यवस्थापन पक्षले आफू अनुकुल सेवा सुविधा दिनेलगायतका सहमति भएको मजदुर नेता महतोले जनाएका छन् ।

विशेष भत्ताको माग गर्दै उद्योगमा कार्यरत १० जना मजदूरहरु गएको बिहीबारदेखि आमरण अनसनमा बसेका थिए । 

अन्तिम अपडेट: चैत १३, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया